राजनीति


एकै मञ्चमा देखिए ओली, प्रचण्ड र नेपाल (तस्बिरहरू)

एकै मञ्चमा देखिए ओली, प्रचण्ड र नेपाल (तस्बिरहरू)

सरोज शाही
असार १४, २०८३ आइतबार १४:३९, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपाल एकै मञ्चमा देखिएका छन्।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आज (आइतबार) राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरेको छ।

‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीको प्रमुख आतिथ्य पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन्।

ओली, प्रचण्ड र नेपालसँगै सो कार्यक्रममा नेकपा नेता झलनाथ खनाल पनि उपस्थित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad