राजनीति


विश्वकप, जर्सी र एन्फाको विषय सांसदले उठाए

विश्वकप, जर्सी र एन्फाको विषय सांसदले उठाए

नेपालखबर
असार १४, २०८३ आइतबार १३:३३, काठमाडौँ

सांसदहरुले आइतबारको प्रतिनिधिसभा बैठकमा अखिल नेपाल फुटबल संघ (एन्फा)लाई फिफाले निलम्बन गरेको विषयलाई उठाएका छन्। ‘विश्वकप फुटबल चलिरहँदा मनपर्ने देशको जर्सी लगाएर समर्थन गरिरहेको अवस्थामा एन्फाको निलम्बनले राष्ट्रको शिर निहुरिएको उनीहरुको भनाइ थियो।

रास्वपाकी सांसद श्रद्धा कुँवर क्षेत्रीले भनिन्, ‘आज विश्व समुदाय फुटबलको महोत्सव फिफा वर्ल्ड रौनकमा रमाइरहेको छौँ। हामी पनि आ–आफ्नो मनपर्ने देशको जर्सी लगाएर समर्थन गरिरहेका छौँ’, उनले संसदमा भनिन्, ‘तर बिडम्बना यही बेला आफ्नै देशको फुटबलको अवस्था हेर्दा हामी गर्व होइन चिन्ताले झुक्न बाध्य भएका छौँ।’ 

नेपालमा भए पनि सुशासन, पारदर्शिता र सक्षम व्यवस्थापनको अभाव भएको भन्दै उनले भनिन्, ‘सीमित स्रोत साधनका बाबजुत पनि सावित्रा भण्डारी, प्रीति राई लगायतका नेपाली खेलाडीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव बढाएका छन्। एकातिर घरेलु प्रतियोगिता लामोसम्म हुन नसक्दा नयाँ पुस्ताका युवामा फुटबलप्रतिको आकर्षण र उत्साह घट्दै गएको छ।’

यसैगरी श्रम संस्कृति पार्टीका सांसद आरएन राईले पनि फिफाले एन्फालाई लगाएको प्रतिबन्धबारे सरकारको ध्यानाकर्षण गारए। एन्फालाई तेस्रो पक्षले हस्तक्षेप गरेको कारण देखाई निलम्बन गर्दा गम्भीर असर परेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad