राजनीति


रास्वपा सांसद केपी खनालको आरोप- कांग्रेसले लम्कीचुहा प्रादेशिक अस्पताल बन्न दिएन

रास्वपा सांसद केपी खनालको आरोप- कांग्रेसले लम्कीचुहा प्रादेशिक अस्पताल बन्न दिएन

नेपालखबर
असार १४, २०८३ आइतबार १५:२, काठमाडौँ

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनालले कैलालीस्थित लम्कीचुहा प्रादेशिक अस्पताल प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बन्न नदिएको आरोप लगाएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त अस्पताल बनाउनका लागि सर्वोच्च अदालतले समेत आदेश दिएपनि प्रदेश र स्थानीय सरकार कांग्रेसको भएकाले अवरोध गरिरहेको जिकिर गरे।

सांसद खनालले उक्त अस्पताल बन्न नदिन आफ्नै पार्टीको प्रदेश र स्थानीय सरकारले अवरोध गर्दा पनि कांग्रेसले त्यसमा कुनै पहल नगरेको भन्दै आपत्ति जनाए। संघीय संसदमा आदर्शका कुरा गर्ने कांग्रेस सांसदहरुले आफ्नै पार्टीको सरकारले प्रदेश र स्थानीय तहमा जनताको काम नगरेको विषय उठान नगरेको गुनासो पनि सांसद खनालले गरे।

उनले भने,‘तपाईंहरूको पार्टीले बनाएको स्थानीय सरकारले काम गर्ने कर्मचारीमाथि गालीगलौज गर्दा कहाँ छ नेपाली कांग्रेस? म यहाँबाट खोज्न चाहन्छु। एउटा काम गर्ने कर्मचारीले काम गर्न पाउँदैन। प्रादेशिक अस्पताल बनाउनुपर्छ भनिरहेको छ। तर बनिरहेको छैन। अनि यहाँ चाहिँ उहाँहरु आर्दशको कुरा गर्नुहुन्छ।’

सांसद खनालले कांग्रेस नेतृत्वको प्रदेश र स्थानीय सरकारका कारण त्यहाँका सरकारी कर्मचारी समेत पीडित भएको दाबी समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad