यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार लेखक रमेश रुछेन राईले प्राप्त गरेका छन्।
मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आइतबार राष्ट्रिय सभागृहमा गरेको कार्यक्रममा राईलाई सम्मान तथा पुरस्कृत गरेको हो।
राईलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुई लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरिन्।
राईले श्वेतशार्दूल (मदन भण्डारीको जीवनीमा आधारित) पुस्तक लेखेका छन्।
18
Shares

प्रतिक्रिया