राजनीति


सिंहलाई राजनीतिक आडमा डिन बनाएको भन्दै अनेरास्ववियूले लगायो आईओएममा ताला

सिंहलाई राजनीतिक आडमा डिन बनाएको भन्दै अनेरास्ववियूले लगायो आईओएममा ताला

नेपालखबर
असार ४, २०७७ बिहिबार १०:२७,

सत्तारुढ दलकै विद्यार्थी संगठन अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा तालबन्दी गरेको छ।

विधि र प्रक्रिया मिचेर आईओएम डिनमा डा. दिव्यासिंह शाहको नियुक्तिको विरोध गर्दै बिहीबार अनेरास्ववियूले तालाबन्दी गरेको हो।। त्रिभुवन विश्वविद्यालयले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डाक्टर सिंहलाई डिन नियुक्त गरिएको थियो।

 तालाबन्दी गर्नै अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको निर्णय तत्काल सच्याउनुपर्ने माग गरेको छ।

क्याम्पस इकाई अध्यक्ष विनय पंगेनीले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै वरिष्ठता र कार्यकुशलताको मापदण्ड मिचेर राजनीतिक पहुँचको आधारमा नियुक्ति गरिएको भन्दै यसलाई सच्याउन माग गरेका छन््।

उनले आफूहरुको आान्दोलन कुनै व्यक्ति विशेषविरुद्ध नभइ प्रवृत्तिविरुद्ध भएको बताए। ‘यो आन्दोलन व्यक्ति विशेषविरूद्धको नभई पद्धति विरूछ लक्षित छ। हामीले प्रक्रियाको कुरा बारम्बार उठाउँदा पनि अटेरी गरी पद्धतिविपरीत गएको हुनाले घोरविरोधसहित बन्द गर्न बाध्य भएका हौं,’ अध्यक्ष पंज्ञानीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संगठन निर्णय सच्याइ राम्रो नजिरलाई कायम राखी योग्यता र बरिष्ठतामा आधारित भई डिन पदको नियुक्ति गरियोस् भन्ने माग राखी तालाबन्दीसहित आन्दोलन प्रारम्भ गरेको जानकारी गराउँदछौं।’

अनेरास्ववियू सरकारमा जो भए पनि विकृति र विसंगतिका विरूद्ध लड्दै आएको इतिहास स्मरण गर्दै राजनीतिक आडमा अमुक व्यक्तिलाई डिन बनाइएको भन्दै चुप नबस्ने विद्दप्तिमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad