कारोबार


आधुनिक र सुरक्षित सपिङ मलहरुमा प्रतिबन्ध नलगाउन आग्रह

आधुनिक र सुरक्षित सपिङ मलहरुमा प्रतिबन्ध नलगाउन आग्रह

नेपालखबर
असार ४, २०७७ बिहिबार १०:२७,

लकडाउन खुकुले पारिएको अवस्थामा सुरक्षित र आधुनिक सपिङ मल बन्द नगराउन मल सञ्चालकहरुले आग्रह गरेका छन्। कोभिड १९ को संक्रमण रोकथामको उद्देश्यले चैत ११ देखि सरकारले लागू गरेको लकडाउनको म्याद जेठ ३२ गते सकिएको छ।

लकडाउनले गर्दा सर्वसाधारणको रोजीरोटी खोसिनेदेखि सरकारलाई कर्मचारीको तलब खुवाउने पैसाकै अभाव भएपछि सरकारले व्यवसाय र सर्वसाधारणको आवमगनमालगाइएको प्रतिबन्ध केही खुकुलो बनाएको हो। तर सपिङ मल भने खोल्न नपाउने भनेपछि मल खोल्नुपर्ने धारणा राखिएको हो।

मल व्यवस्थापक उज्वल केसीले भने, ‘सरकारको उक्त कदमसँगै सर्वसाधारणले थोरै भए पनि राहतको सास फेर्न पाएका छन्।’ सरकारको उक्त कदमले दिनभर कमाएर बिहान–बेलुकाको छाक टार्नुपर्ने मजदुर लगायत भाडाको घरमाव्यवसाय सञ्चालन गरिरहेका उद्यमी, व्यवसायीलाई राहत हुने निश्चित रहेको उनको भनाइ छ।

उनले सुरक्षा, सरसफाइ एवं अन्य सुविधाका हिसाबले परम्परागत पसल र किनमेल केन्द्रको तुलनामा निकै व्यवस्थित सपिङ मलमाथिको प्रतिबन्धले सर्वसाधारण र व्यवसायी अचम्मित भएको उनले बताए।

स्वास्थ्य सुरक्षाकाकुनै पनि मापदण्ड अवलम्बननगर्ने परम्परागतपसल र सपिङ सेन्टरहरु खोल्न पाउने तर आधुनिक सुविधासम्पन्न मल खोल्न नपाउने सरकारको निर्णयबाट सम्बद्ध व्यवसायीले विभेदको अनुभूति गरेको र उनीहरुको करोडौं लगानी डुब्ने तथा हजारौंको रोजगारी खोसिने खतरा झन् झन् बढेको उनको भनाइ छ।
सामान्यतया कुनै रोग र महामारीको जोखिम नभएको अवस्थामा पनि सपिङ मलहरुले सरसफाइमा निःसंक्रमित रसायनहरु प्रयोग गर्दै आएका हुन्छन्। व्यवस्थित र सफा शौचालय फराकिलो ठाउँ तथा उपयुक्त पूर्वाधारका कारण आधुनिक सपिङ मलहरुमा सामान्य अवस्थामै पनि कोभिड १९ को संक्रणण रोक्न अपनाउनुपर्ने दुई मिटरको सामाजिक दूरी कायम भइरहेको हुन्छ।

व्यवस्थापक केसीका अनुसार कोरोनाभाइरस संक्रमणको जोखिम रहेको अहिलेको अवस्थामा परम्परागत किनमेल केन्द्रहरुभन्दा सपिङ मलमा विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसारको स्वास्थ्य सुरक्षा मापदण्ड लागू गर्न/गराउन सजिलो छ। सपिङमल सञ्चालक एवं त्यहाँ व्यवसाय गरेर बसेका व्यवसायीहरु अहिलेको परिप्रेक्ष्यमा स्वास्थ्य सुरक्षा र सरसफाइप्रतिअझ बढी सजग छन्।

पर्याप्त सुरक्षाकर्मी, सिसी क्यामेरा तथापर्याप्त स्थानले गर्दा सपिङ मलमा आउने ग्राहकले सुरक्षा सावधान अपनाए/नपअनाएको, स्यानिटाइजर प्रयोग गरे/नगरेको जस्ता कुराको अनुगमनगर्न सपिङ मलमा सजिलो हुने उनले दाबी गरे।

विश्व स्वास्थ्य संगठनले तोकेका प्रोटोकल पालना गर्ने गरी सपिङ मलहरु खोल्न दिएर जोखिममा परेको अर्बौं लगानी र हजारौं रोजगारी बचाउनुपर्ने उनले बताए। बेलैमा यसतर्फ कदम चाल्ननसके बेरोजगारी र चर्को ऋणभारले निम्त्याउने सामाजिक तनावको शिकार हामी नै हुनुपर्ने पक्का रहेको उनको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad