ad ad

राजनीति


वित्तीय पारदर्शितामा नेपालले पुरा गर्‍यो अमेरिकी मापदण्ड, चीन, बंगलादेश, पाकिस्तानसहित ७५ देशको पुगेन

वित्तीय पारदर्शितामा नेपालले पुरा गर्‍यो अमेरिकी मापदण्ड, चीन, बंगलादेश, पाकिस्तानसहित ७५ देशको पुगेन

नेपालखबर
असार २, २०७७ मंगलबार ९:१३,

अमेरिकाले वार्षिकरुपमा गर्ने समीक्षामा नेपालसहित विश्वका ७६ देशले उसको वित्तीय पारदर्शितासम्बन्धी मापदण्ड पुरा गरेका छन्।

मापदण्ड पुरा नगर्नेमा चीन, बंगलादेश, पाकिस्तान, इजिप्ट, साउदी अरबीया, भियतनाम लगायतका ६५ मुलुकले भने त्यो मापदण्ड पुरा गर्न नसकेको अमेरिकाले जनाएको छ।

सोमबार राती प्रकाशित वित्तीय पारदर्शिता प्रतिवेदन २०२० मा जनवरी १ २०१९ देखि सोहि वर्षको डिसेम्बर १ सम्मको अवधिमा गरिएको समीक्षाका आधारमा तयार पारिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

सरकारको वार्षिक बजेट सार्वजनिक रुपमा सबैलाई उपलब्ध छ कि छैन, त्यो तात्विकरुपमा पूर्ण भए नभएको, आमरुपमा त्यसको विश्वसनीयतालाई हेरेर समीक्षा गरिने सो मन्त्रालयले जनाएको छ।

त्यसैगरी, सरकारी ठेक्का र प्राकृतिक स्रोतसाधनको प्रयोगका लागि लाइसेन्स दिँदा अपनाइने प्रक्रियाको पारदर्शिता पनि त्यसका अन्य आधार हुन्।

अमेरिकी दूतावास, महावाणिज्य दूतावास, अन्य अमेरिकी सरकारका निकायहरु, अन्तर्राष्ट्रिय संस्थाहरु, नागरिक समाजका संस्थाहरु लगायतबाट लिइएको जानकारीका आधारमा सो मूल्यांकन गरिने अमेरिकाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .