ad ad

राजनीति


भारतको सैन्य स्रोत भन्छः ठेलाठेल हुँदा सैनिक चिप्लेर खसे

भारतको सैन्य स्रोत भन्छः ठेलाठेल हुँदा सैनिक चिप्लेर खसे

नेपालखबर
असार २, २०७७ मंगलबार ९:७,

लद्दाखको गलवान उपत्यकामा भारत र चीनका सैनिकबीच झडप हुँदा तीन जनाको ज्यान गएको छ।

यो झडप कसरी र किन भयो भन्नेबारे विवरणहरु सार्वजनिक भइरहेका छन्।

भारतीय सैन्य स्रोतलाई उधृत गर्दै द वायरले जनाएअनुसार मारिएका भारतीय सैनिक तनाव मत्थर पार्न वार्ताका लागि चीनतर्फ गएका थिए।

वार्ताकै क्रममा उनीहरुबीच झगडा भयो। त्यसपछि हात हालाहाल भयो। ठेलाठेल हुँदा तीन भारतीय सैनिक अग्लो ठाउँबाट तल खस्न पुगे।

‘ठेलाठेलमा उनीहरु चिप्लेर खसेका थिए। यो नियतवश भएको थियो वा ठेलाठेलमा आफैँ हुनगयो, हामीलाई थाहा छैन,’ भारतको सैन्य स्रोतले भनेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .