राजनीति


भारत–चीन सीमा नजिक सडक बनाउन झारखण्डबाट १६ सय मजदुर गए

भारत–चीन सीमा नजिक सडक बनाउन झारखण्डबाट १६ सय मजदुर गए

नेपालखबर
असार १, २०७७ सोमबार १०:४,

झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनका अनुसार विशेष रेलमा चढेर मजदुरहरु लद्दाख गएका हुन्।

हालैका दिनमा लद्दाख नजिकका सीमा क्षेत्रमा चीन र भारतबीच सीमा विवाद उत्पन्न भएको छ।

गलवान उपत्यका र पाङगोङ ताल दुवै चीन र भारतको सिमानामा पर्दछ। दुवैले यो क्षेत्र आफ्नो भएको दाबी गरेपछि यो विवादमा छ।

केही समययता दुवै देशका सेनाहरुको गतिविधि यस क्षेत्रमा बढेपछि त्यहाँ तनाव उत्पन्न भएको थियो।

तनाव अन्त्य गर्नका लागि दुवै देशहरु हाल वार्तामा छन्। सीमा सडक संगठन बीआरओ र झारखण्ड सरकारबीच भएको सहमतिपछि लद्दाखमा सडकको काम गर्न झारखण्डका १६ सय कामदार गएको बीबीसीहिन्दीले जनाएको छ।

सीमा सडक संगठनको लद्दाख, हिमाचल प्रदेश र उत्तराखण्डको सीमा क्षेत्रमा सडक बनाउने महत्वपूर्ण निर्माण परियोजनाहरु छ।

चीनले सीमा क्षेत्रमा भारतले सडक बनाएकोमा विरोध गर्दै आएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad