नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू कर तिर्न जाँदा कार्यालयका कर्मचारीले लिन नमानेको बताएका छन्।
कोइराला आफै सोमबार सवारी कर तिर्न जाँदा कर्मचारीले केन्द्रबाट लकडाउन अवधिको जरिवाना छुट आदिबारे कुनै परिपत्र नआएको कारण देखाउँदै लिन नमानेको उनले बताएका छन्।
‘मैले अग्रिम करको रुपमा लिन आग्रह गरेँ, त्यो पनि मिल्दैन भने,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
एकातिर सरकार भन्छ ढुकुटी रित्तियो,अर्कोतिर कर तिर्न जाँदा कार्यालयका कर्मचारी लिन मान्दैनन्।सवारी कर तिर्न आज म आफै गएको थिएँ।कर्मचारीले भने केन्द्रवाट लकडाउनको अबधिको जरिवाना छुट आदीवारे कुनै परिपत्र नआएकोले लिन मिल्दैन।मैले अग्रिम करको रुपमा लिन आग्रह गरें,त्यो पनि मिल्दैन भने।
— Dr Shekhar Koirala (@Shekharnc) June 15, 2020

प्रतिक्रिया