कारोबार


क्लिनफिड कार्यान्वयनमा अघि बढ्यो सरकार, अब विदेशी विज्ञापन डबिङ गरी प्रसारण गर्न नपाइने

क्लिनफिड कार्यान्वयनमा अघि बढ्यो सरकार, अब विदेशी विज्ञापन डबिङ गरी प्रसारण गर्न नपाइने

नेपालखबर
असार १, २०७७ सोमबार ९:४५,

सरकारले नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लिनफिड) कार्यक्रम प्रसारण गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमातहतको सूचना तथा प्रसारण विभागले सोमबार क्लिनफिड नीतिसम्बन्धी ऐनमा नै स्पष्ट व्यवस्था भइसकेको भन्दै सोही अनुसार प्रसारण गर्न गराउन नेपाली सञ्चारमाध्यमहरुलाई सूचना जारी गरेको हो।

विज्ञापन (नियमन गर्ने) ऐन २०७६ को दफा ६ को उपदफा १ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित (क्लिनफिड) प्रसारण गर्नुपर्ने व्यवस्था गरेको छ। त्यस्तै सोही ऐनको उपदफा २ मा उपदफा १ मा जुनसुकै कुरा लेखिएको भए पनि ऐन प्रारम्भ हुँदाको बखतमा विदेशी च्यानलसँग डाउनलिंक गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले ऐन प्रारम्भ भएको एक वर्षभित्र विज्ञापनरहित प्रसारण गर्नुपर्ने व्यवस्था छ।

clean feed niti 1

उक्त व्यवस्था र सोही ऐनको दफा ६ को उपदफा ३ मा विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था रहेकाले विभागले सञ्चारमाध्यमलाई उक्त निर्देशन दिएको हो।

त्यस्तै विभागले गत जेठ २५ गते २३ वटा केबल तथा इन्टरनेट टिभी सेवा प्रदायकलाई समेत पत्राचार गर्दै क्लिनफिड कार्यक्रम लागू भए/नभएको अनुगमन तथा निरीक्षण गर्नका लागि ती संस्थाबाट प्रसारण हुने सम्पूर्ण च्यानलहरुलाई क्युएएम भन्दा पहिलेको फाइनल आईपी (एमपीटीएस)लाई डार्क कोर फाइबरमार्फत लकडाउन खुलेको १५ दिनभित्र विभागमा उपलब्ध गराउन निर्देशन दिएको छ।

clean feed niti 2

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad