राजनीति


लिपुलेकमा सडक उद्घाटन गर्ने राजनाथ सिंह भन्छन् : नेपाल–भारत सम्बन्ध कसैले तोड्न सक्दैन (भिडियाे)

लिपुलेकमा सडक उद्घाटन गर्ने राजनाथ सिंह भन्छन् : नेपाल–भारत सम्बन्ध कसैले तोड्न सक्दैन (भिडियाे)

नेपालखबर
असार १, २०७७ सोमबार ७:३६,

भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपाल र भारतबीचको सम्बन्ध सामान्य नभएको बताएका छन्।

नेपाल र भारत रोटी–बेटीको सम्बन्धमा सँगै जोडिएको भन्दै उनले संसारको कुनै पनि तागतले पनि तोड्न नसक्ने बताएका छन्।

उनले एक भर्चुअल र्‍यालीमा सो कुरा बताएको भारतको सरकारी समाचार एजेन्सी प्रेस ट्रष्ट अफ इन्डिया (पीटीआई) सोमबार जनाएको छ।

उनले लिपुलेकबाट सडक बनाएका कारण नेपालका जनतामा कुनै गलत सन्देश गएको भए त्यसलाई आपसी छलफलबाट सुल्झाउने सकिने बताएका छन्।

आफूले पशुपतिनाथलाई कहिल्यै बिर्सन नसक्ने उनले बताएका छन्।

भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर गतवर्ष नयाँ नक्सा जारी गरेपछि नेपालले त्यसप्रति आपत्ति जनाउँदा जनाउँदै पनि राजनाथ सिंहले लिपुलेक हुँदै भारतको चीन जोड्ने सडक उद्घाटन गरेपछि नेपाल र भारत सम्बन्धमा विवाद बढेको छ।

अहिले नेपालले पनि लिम्पियाधुरा सहितको नक्सा जारी गरेपछि भारतले त्यसप्रति विरोध जनाएको छ।

सिंहले सो भाषणका क्रममा नेपाल र भारतबीचको सम्बन्धको महत्वबारे व्याख्या गरेका छन् र सो भिडियो उनले आफ्नो ट्विटर खाताबाट सार्वजनिक गरेका छन्।

भिडियाे: 

RajnathSingh roadवैशाख २६ गते लिपुलेक हुँदै जाने सडक उद्घाटन गर्दै राजनाथ सिंह।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad