आगामी आर्थिक वर्ष २०७७/०७८को लागि कणाली प्रदेशले ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेश संसदमा बजेट प्रस्तुत गरेका हुन्।
विनियोजन भएको बजेटमध्ये पुँजीगत खर्चको लागि मन्त्री ज्वालाले १९ अर्ब ६ करोड ९१ लाख २१ हजार रुपैयाँ छुट्याएका छन्। त्यस्तै गरि चालू खर्चको लागि ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार रुपैयाँ र वित्तिय हस्तान्तरणतर्फ २ अर्ब ९९ करोड ६५ लाख रुपैयाँ विनियोजन गरेका छन्।
चालू खर्चअन्तर्गत कोभिड नियन्त्रण रोकथाम र उपचारको लागि ७ करोड ४१ लाख र रोजगार तर्फको कार्यक्रममा २ अर्ब ५ करोड २६ लाख र अन्य प्रशासनिक खर्च ८अर्ब ५१ करोड ९० लाख ३२ हजार विनियोजन भएको छ।
बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ३० करोड ६ लाख ५३ हजार रुपैयाँको लक्ष्य राखेको छ। चालू आवमा खर्च नभएको ११ अर्ब १९ करोड ९ लाख आगामी वर्षको बजेटमा खर्च गरिने छ। त्यस्तै संघीय सरकारबाट राजस्व बाँडफाँटबापत ७ अर्ब ३९ करोड वित्तीय समानीकरण अनुदानबाट प्राप्त ९ अर्ब ६३ करोड र सशर्त अनुदानबाट अर्ब ४९ करोड समपूरक अनुदानबाट २५ करोड र विशेष अनुदान वापत ४६ करोड अनुमान प्रदेश सरकारले गरेको छ।
वैदेशिक सहायताबाट सञ्चालित हुने कार्यक्रमममा १ करोड ७६ परिचलन हुने अनुमान गरिएको छ।
बजेटको पूर्णपाठ :

प्रतिक्रिया