राजनीति


प्रधानमन्त्रीले भने : भूमि फिर्ताका लागि अब भारतसँग वार्ता हुन्छ

प्रधानमन्त्रीले भने : भूमि फिर्ताका लागि अब भारतसँग वार्ता हुन्छ

नेपालखबर
जेठ ३१, २०७७ शनिबार १३:१५,

प्रधानमन्त्री केपी शर्मा ओलीले अब मिचिएको नेपाली भूमि फिर्ता गर्नका लागि भारतसँग वार्ता हुने बताएका छन्।

 शनिबार नेपालको परिवर्तित नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट दुई तिहाईभन्दा बढी मतले पारित भएपछि प्रधानमन्त्री ओलीले पत्रकारसँग प्रतिक्रिया दिँदै मिचिएको भूमि फिर्ता गर्नका लागि भारतसँग वार्ता गर्ने बताएका हुन्।

 प्रधानमन्त्री ओलीले संविधान संशोधनमा सर्वसम्मत मत देखिनु राष्ट्रियता र जनताको पक्षमा राम्रो कुरा भएको प्रिितक्रिया दिए।

प्रधानमन्त्री ओलीले केही संसद अनुपस्थित भए पनि कोही पनि संशोधनको विपक्षमा नरहेका प्रष्ट पारे।

संशोधन विधेयक पारित भएसँगै आगामी प्रक्रिया के हुन्छ भन्ने पत्रकारको प्रश्नमा प्रधानमनत्री ओलीले भने, ‘संविधान संशोधन एक ढंगले सर्वसम्मत रुपमा पारित भएको छ, केही सांसदहरु अनुपस्थित हुनुभएको मात्रै हो, यसको विपक्षमा कोही छैन, अब भारतसँग वार्ता हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad