राजनीति


संविधान संशोधन भएपछि गगनले भने: अब यसरी नै विदेशी सेना फिर्ता पठाउनेछौं

संविधान संशोधन भएपछि गगनले भने:  अब यसरी नै विदेशी सेना फिर्ता पठाउनेछौं

नेपालखबर
जेठ ३१, २०७७ शनिबार १२:३०,

नेपाली कांग्रेसका सांसद गगन थापाले नेपालको नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट दुई तिहाईभन्दा बढी मतले पारित भएपछि गर्व अनुभूति भइरहेको प्रतिक्रिया दिएका छन। 

शनिबार प्रतिनिधिसभामा भएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ को पक्षमा २५८ र विपक्षमा शून्य मत परेको थियो। यो संसदको जम्मा संख्या २७५ को दुई तिहाईभन्दा बढी रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले संशोधन प्रस्ताव पारित भएको घोषणा गरेका थिए।

लगत्तै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिदैँ नेता थापाले लेखेका छन, 'सिङ्गो संसद् एक ढिक्का भएर परिवर्तित नक्सालाई संविधानको अङ्ग बनाएको यो क्षणमा गर्वको अनुभूति भइरहेको छ। ‪राष्ट्रिय स्वाभिमानको यो लडाईमा आजको दिन सदा स्मरणीय रहिरहनेछ।‬'

थापाले ‪अब यसरी नै सबै नेपाली एकताबद्ध भएर हाम्रो भूमिबाट विदेशी सेनालाई फिर्ता पठाउने प्रतिबद्धता जनाएका छन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad