हङकङका सरकारी कर्मचारीले सुरक्षा कानुनमाथि जनमत गर्ने भएपछि सरकारले दियो चेतावनी

हङकङका सरकारी कर्मचारीले सुरक्षा कानुनमाथि जनमत गर्ने भएपछि सरकारले दियो चेतावनी

नेपालखबर
जेठ ३१, २०७७ शनिबार १२:१८,

आइतबार गर्ने भनिएको जनमत आगामी जुन २० का लागि सरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

सरकारी कर्मचारीको संघले जनमतको आयोजना गर्न लागेको हो।

हालै चीनले हङकङका लागि बनाएको सुरक्षा कानुन अनुसार हङकङमा चीनविरोधी गतिविधिलाई अपराध मानिनेछ। साथै चिनियाँ राष्ट्रिय गानको अपमान गर्नेलाई पनि दण्ड दिइनेछ भने आतंकवादलाई नियन्त्रणमा लिने कानुनको उद्देश्य छ।

सरकारी कर्मचारीले जनमत गर्ने भनेपछि हङकङ सरकारले जनमत गराउने कार्य आपत्तिजनक भएको बताएका छन्।

सरकारको भनाइलाई पछ्याउँदै हङकङ निजामती सेवाका लागि सचिव रहेका प्याट्रिक निप ताक–क्युनले पनि सरकारी कर्मचारीको कार्य निन्दनिय भएको बताएका छन्।

उनले कर्मचारीको जिम्मेवारी राष्ट्रिय सुरक्षा कानुनको पालना गर्नु भएको उल्लेख गर्दै जनमत गरे अथवा सुरक्षा कानुनको विरोध गरे त्यो कानुनको उल्लंघन हुने बताए।

Various trade unions linked to Hong Kong’s anti-government protests have backed the referendum on whether to take part in a strike to oppose the impending national security law. Photo: Xiaomei Chen

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .