नेपालको परिवर्तित नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ परित गरियोस् भन्ने प्रस्तावमाथि प्रतिनिधिसभामा मतदान प्रक्रिया सुरु भएको छ।
शनिबार कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निशान छापमा राख्नका लागि ल्याइएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पारित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेस भएको छ।
दफावार छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले नेपालको संविधान संशोधन विधेयक २०७७ को दफा २ र सोसँग सम्बन्धिन अनुसुची संविधान संशोधनको अंग बनेको घोषणा गरेका थिए।
प्रतिनिधसभामा दफावार छलफल सकिएपछि मतदान प्रक्रिया सुरु भएको हो। दफावार प्रस्तामा संसदमा नेकपाका अध्यक्ष एवं सांसद पुष्पकमल दाहाल प्रचण्ड, प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, राजपाका राजेन्द्र महतो, समाजवादीका उपेन्द्र यादव लगायतका संसदहरुले छलफलमा भाग लिएका थिए।
दफावार छलफलमा सबै राजनीतिक दलहरुले उक्त विधेयकमाथि समर्थन जनाइसकेपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेकी हुन्।
सो प्रस्तावमाथि अहिले लिखित रुपमा मतविभाजन प्रक्रिया अगाडि बढेको छ।
सो प्रस्ताव पारित हुन संसदको दुईतिहाई मत आवश्यक पर्छ।
Shares

प्रतिक्रिया