राजनीति


संविधान संशोधनका पक्षमा मतदान गर्न समाजवादी पार्टीको ह्विप, प्रस्ताव फिर्ता लिन सरिता गिरीलाई निर्देशन

संविधान संशोधनका पक्षमा मतदान गर्न समाजवादी पार्टीको ह्विप, प्रस्ताव फिर्ता लिन सरिता गिरीलाई निर्देशन

नेपालखबर
जेठ ३१, २०७७ शनिबार ७:२६,

समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्न मतदान गर्न ह्विप जारी गरेको छ।

शनिबार बसेको संदीय दलको बैठकले सशोधनका पक्षमा मतदान गर्न ह्विप जारी गरेको प्रमुख सचेतक उमाशंकर चौधरीले जानकारी दिए।

लिपुलेक समेटिएको नेपालको नयाँ नक्साको विपक्षमा उभिएकी आफ्नी पार्टीकी नेतृ सांसद सरिता गिरी आफ्नो अडानमा अडिग रहेपछि यस विषयमा के गर्ने भन्ने विषयमा छलफल गर्न पार्टी संसदीय दलको बैठक बसेको थियो।

संसदीय दलको बैठकले सरकारले ल्याएको विधेयकको पक्षमा मतदान गर्न ह्विप जारी गर्दै सांसद गिरीलाई संशोधन फिर्ता लिन निर्देशन दिएको एक सांसदले जानकारी दिए। ती सांसदका अनुसार पार्टीको निर्देशनपछि सांसद गिरीले सोचेर जवाफ दिने बताएकी थिइन्।

 निशान छापमा नेपालको नयाँ नक्सा राख्न आजै संविधान संशोधन गर्ने तयारी छ। त्यसका लागि आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad