युक्रेनका राष्ट्रपति वोलोडिमिडर जेलिन्स्कीकी पत्नी ओलिनालाई कोरोना संक्रमण भएको छ।
पत्नीलाई कोरोना पुष्टि भएपछि राष्ट्रपति जेलिन्स्कीले आफ्ना सबै बैठक रद्द गरेका छन्।
उनका प्रवक्ताले भनेका छन्, ‘आगामी दिनमा हुने सबै बैठक, सार्वजनिक कार्यक्रम तथा राजधानी बाहिरबाट आएका सबै प्रस्ताव रद्द गर्नुभएको छ।’
युक्रेनी राष्ट्रपतिकी पत्नीलाई कोरोना पुष्टि भएको रिपोर्ट शुक्रबार आएको हो। तर उनका पति र दुई बच्चको रिपोर्ट भने नेगेटिभ आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
युक्रेनी राष्ट्रपतिकी पत्नीले अहिले आफूलाई स्वास्थ्यमा त्यस्तो केही असहज महसुस नभएको र केही दिन परिवारबाट टाढा रहने बताएकी छन्।

प्रतिक्रिया