संयुक्त राष्ट्र संघको ७५औं महासभाको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा नेपाल पहिलोपटक निर्वाचित भएको छ।
न्युयोर्कस्थित नेपाली नियोगका अनुसार याे पदमा पहिलाेपटक नेपालका तर्फबाट अमृत राई सर्वसम्मतिले निर्वाचित भएका हुन्। राई राष्ट्र संघका लागि स्थायी प्रनिनिधि हुन्।
Amb. @amritrai555 is elected unanimously today as chair of the Economic & Financial (2nd) Committee of the #75th session of #UNGA.
This is an #honour & #opportunity for #Nepal to amplify its positive role at the international arena by contributing to the work of #UN.@MofaNepal pic.twitter.com/myw5vqCgGK
महासभामा ६ वटा मुख्य कमिटीमध्ये एक आर्थिक तथा वित्तीय कमिटी हो। यसलाई दोस्रो कमिटी भन्ने गरिन्छ। पहिलो कमिटीमा निशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा, तेस्रोमा सामाजिक, मानवीयता तथा सांस्कृतिक, चौथोमा विशेष राजनीति तथा गैर औपनिवेशीकरण, पाँचौमा प्रशासनीक तथा बजेट र छैटौंमा कानुन कमिटी हुन्छन्।
राई अध्यक्षमा निर्वाचित भएको कमिटीले दिगो विकास, गरिबी उन्मूलन, व्यापार, विकासका लागि वित्त, विश्वव्यापीकरण, अन्तर्र्राष्ट्रिय वित्तीय प्रणाली, विकासका लागि सूचना तथा प्रविधि, जलवायु परिवर्तन, प्रकोप साथै अल्पविकसित देशले सामना गरेको समस्या हेर्ने गर्छ।
‘राष्ट्र संघमार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालका सकारात्मक भूमिका निर्वाह गर्नका लागि यो महत्वपूर्ण अवसर हो’ विज्ञप्तिमा भनिएको छ।
नेपालले राईको नाम अध्यक्षमा अनुमोदन गर्ने एसिया प्रशान्त समूह र नेपालप्रति विश्वास व्यक्त गर्नेहरूप्रति धन्यवाद व्यक्त गरेको छ ।

प्रतिक्रिया