समाज


पुलबाट ट्रक खस्दा चालकको मृत्यु

पुलबाट ट्रक खस्दा चालकको मृत्यु

नेपालखबर
जेठ ३०, २०७७ शुक्रबार ५:२१,

चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पर्ने तीन नम्बर पुलमा शुक्रबार बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

इच्छाकामना गाउँपालिका ५ स्थित पुलबाट बिहान साढे ६ बजे ट्रक खस्दा हेटौँडा उपमहानगरपालिका १६ का ३२ वर्षीय विजय रुम्बाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर अस्पतालमा उपचारका क्रममा रुम्बाको मृत्यु भएको हो।

मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको ना ८ ख ५२०० नम्बरको ट्रक अनियन्त्रित पुलबाट खसेर दुर्घटना भएको हो।

ट्रक पुलबाट करिब ५० मिटर तल खसेको थियो। ट्रकमा सिमेन्ट घोल्ने मिक्सचर जडान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad