उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना संकट व्यवस्थाापन केन्द्र (सीसीएमसी) को पुनर्गठन गरिएको छ।
बुधबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकमा सो निर्णय भएको एक मन्त्रीले नेपालखबरलाई बताए।
ती मन्त्रीका अनुसार सो समितिमा कृषि मन्त्री, पर्यटन मन्त्री र उर्जा मन्त्रीलाई थप गरी पुनर्गठन गर्न लागिएको हो।
सो समितिमा बिभिन्न मन्त्री, चार सुरक्षा निकाय प्रमुख लगायत सदस्यहरु रहेका हुन्छन्।
प्रतिक्रिया