छापा खबर


११ असारसम्म विदेशबाट २४ हजार नेपालीको उद्धार गर्ने सरकारको निर्णय, यस्तो छ तयारी

११ असारसम्म विदेशबाट २४ हजार नेपालीको उद्धार गर्ने सरकारको निर्णय, यस्तो छ तयारी

नेपालखबर
जेठ २८, २०७७ बुधबार २३:३३,

सरकारले आगामी ३२ जेठ आइतबारदेखि ११ असारसम्म विदेशमा रहेका नेपालीको उद्धार गर्ने भएको छ।

नेपाली र विदेशी एयरलायन्सले गरेर ६७ वटा उडानमार्फत पहिलो चरणमा २४ हजार नेपालीको उद्धार गर्ने निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको हो।

मन्त्रालयले नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सलाई ३२ जेठबाट हुने विस्तृत उद्धार तालिका बुधबार नै पठाएको खबर आजको नयाँ पत्रिका दैनिकमा मुना कुँवरले लेखेकी छन्।

कुनकुन देशबाट कुन एयरलायन्सले कतिको उद्धार गर्ने भनेर तालिका दिइएको हो। सरकारले पहिलो चरणमा विभिन्न देशबाट २४ हजार नेपालीको उद्धार गर्ने सूची तयार पारेको छ। पर्यटन मन्त्रालय सोहीअनुसार पहिलो चरणको उद्धारका लागि उडानको सेड्युल तयार पारेको हो।

मन्त्रालयले दुई एयरलायन्स कम्पनीका कुल दैनिक १० वटा उडानबाट नबढ्ने गरी तालिका बनाएको हो। १० उडानबाट दुुई एयरलायन्सले दैनिक एक हजार आठ सयजनाको उद्धार गर्नेछन्।

मन्त्रालयले उडानको भाडासमेत तय गरेर मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयमा पठाएको छ । सरकारले भनेबमोजिम उद्धारका लागि तयार रहेको नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेले बताए ।

निगमसँग एक सय ५८ सिट क्षमताका एयरबस ३२० सिरिजका दुई र दुई सय ७४ सिट क्षमताका एयरबस ३३० सिरिजका दुई थान जहाज छन्।

हिमालय एयरलायन्सका पनि एक सय ५८ सिट क्षमताका एयरबस ३२० सिरिजका तीन थान जहाज छन् । ती जहाजले प्रत्येक उडानमा ८५ प्रतिशत सिट भरिएपछि मात्रै उडान गर्ने पनि मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad