ad ad

राजनीति


क्वारेन्टिनमा बसेकालाई परीक्षण गरेर मात्रै घर पठाउन सांसद पौडेलको माग

क्वारेन्टिनमा बसेकालाई परीक्षण गरेर मात्रै घर पठाउन सांसद पौडेलको माग

नेपालखबर
जेठ २६, २०७७ सोमबार १२:४७,

राष्ट्रिय जनमाेर्चाका सांसद दुर्गा पौडेलले क्वारेन्टिनमा बसेका नागरिकहरुलाई कोरोना परीक्षण गरेर मात्रै घर पठाउन माग गरेकी छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा खर्च कटौतीको प्रस्ताव राख्ने क्रममा सांसद पौडेलले क्वारेन्टिनमा बसेका करिब एक लाख ७० हजार मानिस मध्ये झण्डै एक लाख ५० हजारलाई बिना परीक्षण घर पठाउन लागिएको उल्लेख गर्दै त्यसो भएमा महामारीको रुप लिने र नियन्त्रण गर्न झन् कठिन हुने धारणा राखिन् ।

‘समाचारमा आएको छ, कोभिढ–१९ का कारणले क्वारेन्टिनमा बसेका एक लाख ७० हजार मानिसहरु मध्ये एक लाख ५० हजारलाई घर फर्काइँदैछ, त्यो पनि बिनाचेक जाँच गरी। कोभिढ–१९ को लक्षणै नदेखिकन पनि मान्छे मरिसकेपछि परीक्षण गर्दा पोजेटिभ आएको अवस्था छ’ पौडेलले भनिन्, ‘यस हिसाबले त भोलि महामारीको अवस्था आउन सक्छ । त्यसलाई समाधान गर्न त झन् जटिल होला नि। त्यसैले यदी यो समाचार सत्य हो भने यसलाई बदल्नुपर्छ। र घर पठाउँदा चेक जाँच गरेर मात्रै पठाउनु पर्छ।’

आइतबार नेपालखबरले यस सम्बन्धी खोजमुलक समाचार प्रस्तुत गरेको थियो। सांसद पौडेलले नेपालखबरमा आएको रिपोर्टका आधारमा सरकारको गम्भीर ध्यानकर्षण गराएकी छन्।

याे पनि: क्वारेन्टिनमा बसेका डेढ लाखलाई बिनापरीक्षण घर पठाउने तयारीमा सरकार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .