ad ad

राजनीति


कृषि मन्त्रालयलाई स्थानीयकरण गर्न सुरु गरेका छौं : मन्त्री घनश्याम भुसाल

कृषि मन्त्रालयलाई स्थानीयकरण गर्न सुरु गरेका छौं : मन्त्री घनश्याम भुसाल

नेपालखबर
जेठ २६, २०७७ सोमबार १२:४८,

कृषि मन्त्री घनश्याम भुसालले आफू मन्त्री भएपछि कृषि मन्त्रालयलाई स्थानीयकरण गर्न सुरु गरेको बताएका छन्।

माथि मन्त्रीले पैसा राखेर आसेपासेलाई बाँड्ने प्रचलनको अन्त्य गरेको उनको दाबी छ।

‘विगतमा कृषि मन्त्रालय, मन्त्री र प्रशासकलाई मात्र बलियो बनाइयो। त्यसको अन्त्य गरेका छौं,’ मन्त्री भुसालले सोमबार संसदमा धारणा राख्ने क्रममा भने।

अब कृषि मन्त्रालयलाई सबै ७५३ स्थानीय तहमै पुर्‍याउने प्रक्रिया सुरु गरेको उनले बताए।

‘सबै ७५३ पालिका, नगरपालिका आफैमा संचालित होउन्, जीवन्त कोषका रुपमा चालु रहुन्, त्यहाँ भण्डारण, कोल्ड स्टोरेज होस्, नर्सरी, संकलन केन्द्र आदि अन्तरनिर्भर भई स्वचालित हुनेगरी कृषिको व्यवस्था हुनेछ,’ संसदमा उनले आफ्नो योजना सुनाए।

कृषि मन्त्रालयले गएको ६ महिनामा एक रुपियाँ पनि वितरण नगरेको उनको दाबी छ।

केहि पैसा लिएर पनि काम नगरेका ठेकदारहरुबाट पैसा फिर्ता समेत लिएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .