हालै अमेरिकी सिनेटर रिक स्कटले पश्चिमा मुलुकले कोरोनाविरुद्धको खोप बनाइरहँदा त्यसमा चीनले बाधा पुर्याएको आरोप लगाएका छन्।
उनले पश्चिमा मुलुकको अनुसन्धानमा चीनले अवरोध सृजना गरेको आफूसँग प्रमाण भएको पनि दाबी गरेका छन्।
गुप्तचर समुदायबाट आफूलाई प्रमाण प्राप्त भएको उनको भनाइ छ। यद्यपी उनले यस विषयमा अन्य तथ्य भने सार्वजनिक गरेका छैनन्।
यसबीचमै चीनले एक दस्तावेज जारी गर्दै अमेरिकी सिनेटरको भनाइ पूर्ण रुपमा झुठ भएको बताएको छ।
चीनले कोरोनाको प्रभावबारे ढिलो जानकारी दिएका कारण विश्वभर कोरोना फैलिएको अमेरिकाले आरोप लगाउँदै आएको छ।
उक्त दस्तावेजमा चीनले आफूले गत जनवरी ४ मै अमेरिकालाई कोरोना भाइरसको खतराबारे जानकारी गराएको उल्लेख गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुवातमा कोरोना भाइरसलाई चिनियाँ भाइरस भन्ने गरेका थिए।
तर सुरुमै कोरोनाको सावधानी नअपनाएकाले अमेरिकामा यतिबेला सबैभन्दा बढी व्यक्ति कोरोना संक्रमित छन्। एजेन्सी
Shares

प्रतिक्रिया