प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (सोमबार) बस्दै छ।
बैठक सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने छ।
बैठकमा प्रमुख रूपमा कोरोना महामारीका विषयमा छलफल गरिने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल गरिने नेताहरूले जनाएका छन्।
3
Shares

प्रतिक्रिया