राजनीति


अमेरिकाका पूर्वविदेशमन्त्री पावलले गरे ट्रम्पको कडा आलोचना

अमेरिकाका पूर्वविदेशमन्त्री पावलले गरे ट्रम्पको कडा आलोचना

नेपालखबर
जेठ २६, २०७७ सोमबार २:४५,

अमेरिकाका पूर्वविदेशमन्त्री कोलिन पावलले आफ्ना राष्ट्रपति डोनल्ड ट्रम्पको चर्को आलोचना गरेका छन्। 

जार्ज फ्लोएडको मृत्यु प्रकरणपछि अमेरिकामा जारी रंगभेदविरुद्धको आन्दोलनमा ट्रम्पले संविधानविपरीत दमनको नीति लिएको आरोप पूर्वविदेशमन्त्री पावलले लगाएका हुन्।

पूर्वउच्च सैनिक अधिकारीसमेत रहेका रिपब्लिकन नेता पावेल ट्रम्पको आलोचना गर्नेहरूको सूचीमा थपिएका हुन्।

आन्दोलन दबाउन सेना परिचालन गर्नेलगायत चेतावनी राष्ट्रपति ट्रम्पले दिएका थिए।

पावलले नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा आफूले डेमोक्र्याटिक उम्मेदवार जो बाइडनलाई मत दिने बताएका छन्।

सीएनएनको स्टेट अफ युनियनमा आइतबा। बोल्दै पावलले भने, ‘हामीसँग संविधान छ, जसलाई मान्नुपर्छ। तर राष्ट्रपति संविधानदेखि टाढिएका छन्।’

अमेरिकी लोकतन्त्रका लागि ट्रम्पका अभिव्यक्ति खतरनाक भएको भन्दै पावलले यसपटक चुनावमा उनलाई कुनै सहयोग नगर्ने पनि उद्घोष गरेका छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad