राजनीति


कसैले मन पराए पनि नपराए पनि नेपाललाई आवश्यक पर्ने देश भारत र चीन नै हो : प्रदीप गिरी

कसैले मन पराए पनि नपराए पनि नेपाललाई आवश्यक पर्ने देश भारत र चीन नै हो : प्रदीप गिरी

नेपालखबर
जेठ २५, २०७७ आइतबार १२:१५,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले कूटनीति सम्बन्ध कायम गर्ने विषयमा सरकारले वुद्धिमतापूर्वक काम गर्न नसकेको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले सरकारले राजदूत नियुक्तिलाई आफ्ना कार्यकर्ता पाल्ने अस्त्र बनाएका कारण कूटनीतिको क्षेत्रमा सरकार कमजोर बन्दै गएको टिप्पणी गरे।

उनले कुटनीतिक सम्बन्ध स्थापित गर्नेमा गम्भीर बन्न पनि सरकारलाई सचेत गराए। उनले विदेशमा फुजलका राजदूतावास नबनाउन र कुटनीतिबारे प्रधानमन्त्रीलाई सही सल्लाह दिन आग्रह गरे। उनले प्रधानमन्त्री केपी शर्मा ओलीमा दक्षता भए पनि सल्लाहाकार ठीक नभएको टिप्पणी गरे।

‘विदेश नीतिमा समस्या आइरहेका छ। एमसीसीको विवाद छ। रोड एन्ड बेल्डका बारेमा राय बनाउनुपर्ने छ। हामीले भर्रखरै हिन्दुस्थानमा मेघनाथले हनुमानलाई अथवा रामले रावणलाई प्रयोग गरे जस्तै अस्त्र प्रयोग गरेका छौँ, वायोशास्त्र/नक्शास्त्र। अब हामीले प्रयोग गरेको नक्सास्त्रलाई विफल हुन नदिन क"टनीति तरिका अप्नाउनुपर्ने हुन्छ। के त्यसबारेमा हाम्रो मन्त्रालय सजग छ?’, उनले भने, ‘त्यसमा हामीलाई म्याड्रिडको राजदूतावासले कुनै सहयोग गर्न सक्छ? डेनमार्कको राजदूतावासले सहयोग गर्न सक्छ? गरे बरु बेइजिङले नै गर्लाऽ ध्यान पुर्याउनुहोस् यदि तपाईलाई अगाडि बढ्नुछ भने होइन् भने हिन्दुस्थानसँग लेनदेन गरेर बदलिँदो परिस्थितिमा गणतान्त्रिक ढंगले निर्णय गर्नुहोस्। राजा महेन्द्रले जस्तो सुटुक्क एउटा चिठी पाएर एकातिर कामगर्ने अर्कोतिर अग्रभाषण गर्ने काम नगर्नुहोस्।’

उनले दूतावासमा हुने अनावश्यक खर्च कटौति गर्न सुझाव दिए।

उनले थपे, ‘परराष्ट्रमा नियोग चलाउँदा हामीले भूगोल हेर्नुपर्छ। हाम्रो मुलुकलाई आवश्यक पर्ने देश कसैले मन पराएपनि नपराए पनि हिन्दुस्थान हो, चीन हो। त्यसपछि छ भने अमेरिका हो। राजालाई हरेक सहरपिच्छे दरबार चाहिए जस्तै अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीको स्वागत गर्न राजदूत राख्ने काम छैन, खर्च कटौती गर्नुहोस्।’

चीन, अस्ट्रेलियालगायत मुलुकमा बन्दै गरेका नेपाली दूतावासका लागि सरकारले ठूलो बजेट छुट्याएको तर विदेशमा रहेका श्रमिकलाई उद्धार गर्न न्यून बजेट विनियोजन गरिएको भन्दै उनले दूतावासका भवन निर्माणको तुलना विदेशिन बाध्य भएका मजदुरसँग तुलना गर्न नसकिने तर्क गरे। विदेशमा नेपालका दुईवटा दूतावास मात्रै नभएको भन्दै उनले ३० वटा दूतावासमध्येबाट कुन मापदण्डबाट दुईवटा दूतावास र काठमाडौँमा भवन निर्माण गर्ने निर्णय गरियो ? भनी प्रश्न गरे।

‘सिंगो सरकारको आर्थिक दृष्टिकोण, कुन विचारधारमा हिँडेका छौँ। के छ हाम्रो दर्शन? म सोध्न चाहन्छु परराष्ट्रमन्त्रीलाई विदेशका ती नियोगमा हामी कति व्यापार गर्छौ? कति नोक्सानी भइरहेको छ’, उनले भने, ‘तीनलाई हामी किन चलाइरहेका छौँ? मलाई थाहा छ परराष्ट्रनीतिका बारेमा हाम्रो देश चलाउने व्यक्तिलाई अत्यन्तै कम चासो छ र कम जानकारी छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad