कारोबार


सरकारले तोक्यो मास्कसहित २८ स्वास्थ्य सामग्रीको मापदण्ड (सूचीसहित)

सरकारले तोक्यो मास्कसहित २८ स्वास्थ्य सामग्रीको मापदण्ड (सूचीसहित)

नेपालखबर
जेठ २५, २०७७ आइतबार १२:१७,

सरकारले पहिलोपटक केही स्वास्थ्य सामग्रीको गुणस्तर मापदण्ड निर्धारण गरेको छ।

नेपाल गुणस्तर तथा नापतौल विभागले मास्कदेखि स्वास्थ्य उपचारमा प्रयोग हुने गाउनसम्म गरी २८ सामग्रीको गुणस्तर मानक कायम गरेको हो।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार एन ९५ मास्क, सर्जिकल मास्क, ग्लोब्स, गाउन, स्यानिटाइजर, सुटलगायत स्वास्थ्य उपकरणको गुणस्तर र यसको प्रयोगको गुणस्तरको मापदण्ड तयार गरिएको छ।

आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा मन्त्रालयमा बसेको नेपाल गुणस्तर परिषद्को १०४ औं बैठकले उक्त निर्णय गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad