राजनीति


अन्तर्राष्ट्रिय समुदायलाई राष्ट्रपति भण्डारीको सन्देश : नयाँ भ्याक्सिनमा सबैको पहुँच हुनुपर्छ

अन्तर्राष्ट्रिय समुदायलाई राष्ट्रपति भण्डारीको सन्देश : नयाँ भ्याक्सिनमा सबैको पहुँच हुनुपर्छ

नेपालखबर
जेठ २३, २०७७ शुक्रबार ९:४७,

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ विकास हुने भ्याक्सिनहरुको सबै मुलुकमा समान किसिमबाट वितरण गर्न अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरेकी छन्।

राष्ट्रपति भण्डारीले बेलायतका प्रधानमन्त्री बोरिस जोह्नसनले ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (ग्याभी) सँगको सहकार्यमा गरिएको ग्लोबल भ्याक्सिन समिट–२०२० लाई पठाएको एक भिडियो सन्देशमा सो आह्वान गरेकी हुन्।

विश्वमा भ्याक्सिनको विकास, रोग नियन्त्रणमा असमानतालाई हटाउँदै स्वस्थ विश्वको विकासका लागि सो सम्मेलन गरिएको हो।

बिहीबार पठाइएको सो सन्देशमा राष्ट्रपति भण्डारीले भ्याक्सिनमा सबैको समान पहुँच हुनुपर्नेमा जोड दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

नेपालमा खोप कार्यक्रमहरुबाट प्राप्त उपलब्धीबारे चर्चा गर्दै भण्डारीले विश्वमा खुशी र सुस्वास्थ्यका लागि गरिने सबै अन्तर्राष्ट्रिय पहलकदमीप्रति आफ्नो ऐक्यबद्धता हुने बताएकी थिइन्।

सो सम्मेलनमा बिभिन्न सरकार, राष्ट्रसंघीय निकाय, नीजि तथा सहयोगी संस्थालगायतबाट ३०० भन्दा बढि प्रतिनिधि सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .