समाज


यम बमलाई वातावरण पत्रकारिता पुरस्कार

यम बमलाई वातावरण पत्रकारिता पुरस्कार

नेपालखबर
जेठ २३, २०७७ शुक्रबार ९:४६,

नेपाल वातावरण पत्रकार समूहले ‘विश्व वातावरण दिवस–जुन ५’ को अवसरमा प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार यस वर्ष नेपाल साप्ताहिकका संवाददाता यम बमलाई प्रदान गर्ने निर्णय गरेको छ। पुरस्कारस्वरुप उनलाई रु २५ हजार र प्रमाणपत्र प्रदान गरिनेछ।

समूहले प्रत्येक वर्ष जुन महिनाको ५ तारिख विश्व वातावरण दिवसका अवसरमा सन् २०१९ भरि वातावरण र दिगो विकासका विषयमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रममध्येबाट छनोट गरी सो पुरस्कार प्रदान गर्ने निर्णय भएको आज जनाएको छ।

समूहका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार तीर्थ कोइराला संयोजक, पूर्व महासचिव तथा पत्रकार बद्री पौड्याल र विज्ञ सदस्य तथा वातावरणविद् बटुकृष्ण उप्रेती रहेको छनोट समितिले सो मूल्यांकन गरेको समूहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad