बिनायोजना निरन्तररुपमा लकडाउन हुन थालेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका विज्ञहरुसँग परामर्श सुरु गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी सो छलफलमा प्रधानमन्त्री ओलीले जनस्वास्थ्य विज्ञ, अर्थशास्त्री, योजनाकार, चिकित्सक, नर्सिङ, सामाजिक अभियन्ताहरुसहितका दुई दर्जन व्यक्तिहरुका धारणा सुन्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
त्यसैगरी कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजन तथा उपप्रधानमन्त्री इश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालको सहभागिता छ।

सो छलफलमा भगवान कोइराला, महेश मास्के, पिताम्बर शर्मा, स्वार्णिम वाग्ले, अरुणा उप्रेती, भरत प्रधान, समीरमणि दीक्षित लगायत विज्ञहरु सहभागी छन्।

प्रतिक्रिया