राजनीति


अमेरिकामा हिंसात्मक प्रदर्शन नरोकिएपछि ट्रम्पले भनेः अब सेना परिचालन गर्छु

अमेरिकामा हिंसात्मक प्रदर्शन नरोकिएपछि ट्रम्पले भनेः अब सेना परिचालन गर्छु

नेपालखबर
जेठ २०, २०७७ मंगलबार २:२,

प्रहरीको नियन्त्रणमै रहेका बेला मारिएका अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लोइडलाई न्याय माग गर्दै अमेरिकामा जारी विरोध प्रदर्शन क्रममा व्यापक मात्रामा हिंसात्मक घटना हुन थालेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई रोक्न अब सेना परिचालन गर्ने बताएका छन्।

हाल जारी प्रदर्शन र त्यस क्रममा भइरहेका झडप, लुटपाट, तोडफोड, आक्रमण तथा विनास रोक्न केन्द्रीय तहमा उपलब्ध सबै स्रोत परिचालन गर्ने बताउँदै ट्रम्पले सेनासमेत परिचालन गरिने बताएका हुन्।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पछिल्ला दिनमा देशमा अराजकतावादी, हिंस्रक भिड, लुटपाट, आगजनी र अपराधसमेत बढ्दै गएको र त्यसलाई राज्य तथा स्थानीय सरकारले नियन्त्रण गर्न नसकेको उल्लेख गर्दै केन्द्रीय तहबाटै कदम चाल्न लागिएको जानकारी दिएका हुन्।

अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पले भनेका छन्, ‘हामी देशभर व्याप्त कानुनविहीनताको अवस्था अन्त्य गर्छाैं।’ आक्रोशित भिडले गर्ने दंगाबाट फ्लोइडलाई न्याय नहुने ट्रम्पको भनाइ छ।

गत मे २५ मा अश्वेत अमेरिकी नागरिक फ्लोइडको मिनेसोटा राज्यको मिनियापोलस प्रहरी हिरासतमै निधन भएको थियो। उनलाई पक्राउ गर्ने क्रममा श्वेत प्रहरी अधिकारीले घुँडाले घाँटीमा लामो समय थिचेको भिडियो सार्वजनिक भएपछि अमेरिकामा आन्दोलन चर्किएको हो।

पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिकी नागरिकलाई सम्बोधन गर्दै भनेका छन्, ‘म तपाईंहरूको राष्ट्रपति हुँ, कानुनी राज्य स्थापना गर्नु मेरो जिम्मेवारी हो। म शान्तिपूर्ण प्रदर्शनको पक्षधर पनि हुँ।’

वासिङटन डिसीसहितका क्षेत्रमा प्रदर्शन भइरहेका छन्। कर्फ्यु लगाए पनि प्रदर्शनकारीले उल्लंघन गरिरहेका छन्।  

याे पनि: 

जर्ज फ्लोइडको हत्या नै भएको होः आधिकारिक पोस्टमार्टम रिपोर्ट

जर्ज फ्लोइड मृत्यु प्रकरणः अमेरिकामा यसरी भड्किरहेको छ हिंसा (लाइभ भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad