राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सोमबार भेटवार्ता भएको छ।
मन्त्रिपरिषद्ले सेना परिचालन गर्ने निर्णय गरेको केही दिनपछि प्रधानमन्त्री र राष्ट्रपतिबीच भेट भएको खबर आजको राजधानी दैनिकले छापेको छ। प्रधानमन्त्री र राष्ट्रपतिबीच करिब एक घण्टा कुराकानी भएको थियो।
राष्ट्रपति कार्यालयले सेना परिचालनका विषयमा छलफल नभएको जनाएको छ। भेटमा प्रधानमन्त्रीले सरकार सञ्चालन तथा समसामयिक विषयवस्तुबारे रिपोर्टिङ गरेका जनाइएको छ।
सरकारले शनिबार काेरोना रोकथाम तथा नियन्त्रणका लागि सेना परिचालन गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषदबाट भएको निर्णय राष्ट्रपतिबाट प्रमणीकरण हुन बाँकी छ।

प्रतिक्रिया