ad ad

राजनीति


डा. रिजालको प्रश्नः एमसीसीबारे नेकपाको झगडा संसदले ब्यहोर्नुपर्ने?

डा. रिजालको प्रश्नः एमसीसीबारे नेकपाको झगडा संसदले ब्यहोर्नुपर्ने?

नेपालखबर
जेठ १९, २०७७ सोमबार १०:६,

नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले एमसीसी सम्झौता संसदबाट अनुमोदन नभए प्रशारण लाइन निर्माणका लागि बजेट कसरी व्यवस्थापन गर्नुहुन्छ भन्दै प्रश्न गरेका छन्।

अमेरिकी सहयोग परियोजना एमसीसी आएपनि नआएपनि प्रशारण लाइन निर्माण हुने सरकारले भनिरहेको प्रशंगमा उनले एमसीसी नभए स्रोतको व्यवस्थापन कसरी हुन्छ भन्दै प्रश्न गरे।

बजेट विनियोजन विधेयकमाथिको सामान्य छलफलमा उनले भने, ‘विचार गर्न नै कठिनाइ भयो। एमसीसी आएपनि/नआएपनि प्रशारण लाइन बन्ने भन्नुभएको छ। तर आएन भने त्यो पैसा कहाँबाट ल्याउने? संसदले नलिने निर्णय ग-यो भने कुनै एउटा योजना काट्नुप-यो के गर्ने? पार्टीमा यो बहसलाई राजनीतिक व्यवस्थापन गर्न सक्नु भएन भनेर तपाईको पार्टीको राजनीतिक लडाई संसदले व्यवहोरेर बस्नुपर्ने? यो पैसा कहाँबाट आउँछ थाहा नपाएर हामीले बस्नुपर्ने?’

एमसीसी पारित नभए यो निर्माणका लागि आन्तरिक वा वैदेशिक ऋणबाट बनाउने की राजस्वबाट बनाउने भन्ने कुराको टुंगो लगाउन उनले आग्रह गरे। स्रोत व्यवस्थापनको टुंगो नलगाई संसदको अपमान हुनेगरी विनियोजन विधेयकमाथि छलफल नगर्न उनले आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .