नेपाली कांग्रेसका सांसद मानवहादुर विश्वकर्माले रुकुम हत्याकाण्डबारे छानविन गर्न दलित सांसदकै नेतृत्वमा एक संसदीय समितिको माग गरेका छन्।
अन्तरजातीय प्रेम तथा विवाहका विषयमा विवाद हुँदा रुकुममा पाँच जना युवा मारिएका थिए भने एकजना अझै वेपत्ता छन्। अन्य धेरै घाइते भएका छन्।
गृह मन्त्रालयले गठन गरेको कर्मचारीको नेतृत्वको समितिले सो घट्नाबारे यथार्थ ल्याउन नसक्ने दाबी गर्दै सांसद विश्वकर्माले संसदीय समितिको माग गरेका हुन्।
उनले सोमबार संसद बैठक सुरु हुनासाथ विशेष समयमा सो विषय उठान गरेका हुन्।
त्यसलगत्तै कांग्रेसकै सांसद गगन थापाले साेहि बैठकमा रुकुम हत्याकाण्डबारे संसदीय समिति गठन गर्न माग गरे। उनले समिति गठन नगरेसम्म साे माग निरन्तर उठाइरहने बताए
भिडियाे:
रुकुम हत्याकाण्डले हामी सबैकाे अनुहारमा कालाे पाेतेकाे छ: गगन थापा@thapagk @nepalkhabar pic.twitter.com/8CQJ42Ucb5
याे पनि:
रुकुम हत्या अनुसन्धानमा खटाइयाे सीआईबीको टोलीरुकुम हत्याकाण्डको तुरुन्त अनुसन्धान गरियोस्: संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त

प्रतिक्रिया