ad ad

राजनीति


सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमायो : सांसद रिजाल

सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमायो : सांसद रिजाल

नेपालखबर
जेठ १८, २०७७ आइतबार ८:४६,

नेपाली कांग्रेसका सांसद डा. मीनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताएका छन्।

आगामी आर्थिक वर्षको बजेट राजश्व र व्ययको अनुमानमाथिको छलफलमा रिजालले मुलुकलाई संकटबाट जोगाएर आर्थिक विकास लागि प्राप्त अवशर गुमाएको बताए। उनले भने, ‘यसपालि मुलुकलाई संकट छ। दुनिया सताब्दीको गहिरो संकट भोग्दै छ। यो संकटलाई अवसरमा बदल्ने कल्पनाशीलता बजेटमा अपेक्षा गरिएको थियो। बलशाली सरकारले त्यो कल्पनाशीलता देखाएन।’

बजेटमा काम गर्छु भनेर ८३ पेजको दस्तावेजमा उल्लेख भएका काम गर्नका लागि पैसा कहाँबाट आउँछ भनेर उनले प्रश्न समेत गरे। कोरोना नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहबाहेक अरुले काम नै गर्न नसक्ने अवस्थामा पनि बजेट नदिइएको उनले बताए। स्थानीय तहलाई ससर्त अनुदान बाहेक सबै घटेको उल्लेख गर्दै उनले संघीयता बलियो बनाउने अधिकार समेत सरकारले गुमाएको बताए।

रिजालले स्वास्थ्य क्षेत्रमा २२, २३ अर्ब बजेट मात्रै छुट्याएर नपुग्ने बताए। उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि छुट्याएको ६ अर्ब रुपैयाँले परीक्षण गर्न समेत नपुग्ने बताए। उनले भने, ‘६ अर्ब परीक्षणका लागि खर्च हुन्छ। ६ लाखको खर्च गर्न सक्ने क्षमता छ? क्षमता हुँदा अस्तिको जस्तै चलखेल हुन्छ भन्ने डर छ।’

अझै पनि अर्थतन्त्रको उद्धारको काम कसरी गर्ने, राहतका काम कसरी गर्ने भन्ने समय बाँकी रहेको उल्लेख गर्दै उनले भने, ‘८३ पेजको दस्तावेजलाई बिर्सेर फेरी अबको अर्थतन्त्र उद्धारको काम कसरी गर्ने, राहतका काम कसरी गर्ने, नागरिकलाई घर घरसम्म कसरी पु¥याउने भन्ने कुरा सोचौँ। त्यसका लागि साझा कुरा के हुन्छ भन्ने कुरा तर्फ लागौँ। साझा अठोटबाट अर्थतन्त्र कसरी बनाउन सक्छौँ भन्ने सोच्नुभयो भने अहिलेको परिस्थितलाई पनि हामी अवसरको रुपमा बदल्न सक्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .