ad ad

समाज


‘हथकडी लगाइएका फ्लोएडले सास फेर्न गाह्रो भो भनेका थिए, प्रहरीले घाँटी थिचिरहे’

‘हथकडी लगाइएका फ्लोएडले सास फेर्न गाह्रो भो भनेका थिए, प्रहरीले घाँटी थिचिरहे’

नेपालखबर
जेठ १८, २०७७ आइतबार ८:४६,

आन्दोलनकारीले रंगभेद अन्त्य गर्नुपर्ने भन्दै आन्दोलन गरिरहेका हुन्।

४६ वर्षका अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोएडको मिनिसोटास्थित मिनियापोलिसमा प्रहरीको नियन्त्रणमा रहेको क्रममा मृत्यु भएपछि अमेरिका तनावग्रस्त बनेको हो।

शुक्रबार मात्र अमेरिकाको क्यालिफोर्निया राज्यमा प्रदर्शनकारीको भीडबाट गोली चल्दा एक प्रहरीको मृत्यु भयो अर्का एक घाइते छन्।

हाल स्थितीलाई नियन्त्रणमा लिन अमेरिकी सरकारले देशका मुख्य ३० शहरहरुमा कर्फ्यु जारी गरेको छ। ती स्थानमा हजारौंले प्रदर्शन गरेका थिए।

US protests over George Floyd's death rage on amid political ...

अमेरिकाको वासिङ्टन, एटलान्टा, मिनियापोलिस, न्युयोर्क, मायामी, फिलिडेल्फियाजस्ता शहरहरुमा हिंस्रक प्रदर्शन हुनुका साथै आन्दोलनको फाइदा उठाउँदै मानिसहरुले लुटपाट गरेका भिडियोहरु सार्वजनिक भएका छन्।

फ्लोएडको अन्तिम क्षण

नक्कली २० डलरको विवादले जर्ज फ्लोएडको ज्यान गएको अधिकारीहरुले बताएका छन्। सँधै गइरहने ग्रोसेरी स्टोरमा फ्लोएड गत मे २५ का दिन सिगरेट किन्न गएका थिए।

फ्लोएडलाई कप फुड स्टोरका संचालक माइक आबुमेयालेले पनि चिन्थे। तर त्यसबेला उनी त्यहाँ थिएनन्।

फ्लोएडले सिगरेटका लागि त्यहाँ २० डलर तिरेका थिए। तर त्यहाँका कामदारलाई उक्त पैसा नक्कली जस्तो लागेपछि उनले सिगरेट फिर्ता मागेका थिए। फ्लोएडले सिगरेट फिर्ता नदिएपछि कामदारले प्रहरीलाई खबर गरेका थिए।

केही वर्षयता मिनियापोलिसमै बस्दै आएका फ्लोएड बाउन्सरको रुपमा कार्यरत थिए। तर कोरोना भाइरसको प्रकोपछि उनी बेरोजगार थिए।

Brother of George Floyd: 'I just want justice' | News | Al Jazeera

कप फुडका संचालक माइकले एनबीसीसँग भने,‘फ्लोएड नियमित ग्राहक थिए। उनी रमाइला खालका थिए। उनले कहिल्यै स्टोरमा समस्या खडा गरेका थिएनन्।’

स्टोरका कामदारले प्रहरीलाई वृतान्त सुनाउँदै फ्लोएड मदिराले मात्तिएको जानकारी दिएका थिए।

केही समयमै तीन प्रहरी त्यहाँ आइपुगेका थिए। प्रहरी थोमस लेनले बन्दुक तेस्र्याउँदै हथकडी लगाउन खोजेका थिए।

तर फ्लोएडले हथकडी लगाउन खोज्दा प्रतिवाद गरे। फ्लोएडले आफूलाई किन हथकडी लगाइयो भनेर प्रश्न समेत गरेका थिए। उत्तरमा प्रहरीले उनलाई नक्कली पैसा कारण रहेको स्पष्ट पारेका थिए।

त्यसको केहीबेरमै प्रहरी डेरेक चौविन घटनास्थल आएका थिए। त्यसबेलासम्म मानिसहरुले यस घटनाको भिडियो खिचिरहेका थिए।

चौविनले फ्लोएडलाई हथकडी लगाएकै समयमा भुँइमा लडाएर घुँडाले घाँटीमा थिचेका थिए।

चौविनले फ्लोएडलाई भुँइमा लडाइरहँदा अन्य तीन प्रहरीले फ्लोएडलाई पक्रिरहेका थिए। फ्लोएडले दोहोर्याउँदै आफूलाई सास फेर्न गाह्रो भएको बताएका थिए।

भिडियोमा देखिएअनुसार फ्लोएडले भनेका छन्,‘मैले सास फेर्न सकिन, कृपया छाड्नुहोस्।’

आठ मिनेट ४६ सेकेन्डसम्म प्रहरी चौविनले फ्लोएडको घाँटीमा घुँडाले थिचेको अभियोजनकर्ताको प्रतिवेदनमा बताइएको छ।

६ मिनेटसम्ममा फ्लोएड अचेत बनिसकेका थिए। उनलाई पछि अस्पताल पठाइएको थियो। तर अस्पतालमा फ्लोएड मृत घोषित भए।

ग्रोसेरी स्टोरमा पुगेको ३० मिनेटभित्र फ्लोएडको मृत्यु भइसकेको थियो।

हाल प्रहरी चौविनमाथि हत्या अभियोग लागेको छ। उनीसहित अन्य तीन प्रहरी सेवाबाट बर्खास्त भइसकेका छन्। एजेन्सी

Protests Continue to Rage After Death of George Floyd - The New ...

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .