ad ad

ग्लोबल


दक्षिण कोरियामा पाेखराकी महिलाको मृत्यु

दक्षिण कोरियामा पाेखराकी महिलाको मृत्यु

नेपालखबर
जेठ १७, २०७७ शनिबार १६:३४,

दक्षिण कोरियामा एक नेपाली महिलाको मृत्यु भएको छ।

त्यहाँ रेस्टुरेन्ट सञ्चालन गरिरहेकी कास्कीको पोखराकी सबी भण्डारीको हृदयाघातका कारण बिहीबारर मृत्यु भएको हो।

१० वर्षअघि कोरिया गएकी भण्डारीले छुङ्जु सहरमा आफ्ना श्रीमानका साथ पोखरेली भारतीय नेपाली रेस्टुरेन्ट व्यवसाय गरिरहेकी थिइन्।

सउलस्थित नेपाली राजदूतावासमा घटनाबारे जानकारी आइसके पनि औपचारिक रूपमा आउन रहेको श्रमसहचारी डिल्लीराम बाँस्तोलाले बताए।

गत सोमबारर मात्रै धादिङकी मैती तामाङको कार्यस्थलमा एक तलामाथिबाट लडेर उपचारका क्रममा मृत्यु भएको थियो।

त्यस्तै दुई साताअगाडि स्याङ्जाका खड्गबहादुर थापा सुतेकै अवस्थामा मृत फेला परेका थिए। थापाको शव नेपाल लाने अवस्था नभएपछि गत आइतबारर कोरियामै अन्तिम संस्कार गरिएको थियो। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .