राजनीति


साझा युवा संगठनको केन्द्रीय समितिमा ११ सदस्य थपिए

साझा युवा संगठनको केन्द्रीय समितिमा ११ सदस्य थपिए

नेपालखबर
जेठ १७, २०७७ शनिबार ६:४७,

साझा युवा संगठनले केन्द्रीय समितिमा ११ जना नयाँ सदस्य थपेको छ। शुक्रबार बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले उक्त निर्णय गरेको हो।

नयाँ थपिएका सदस्यहरूमा प्रणव काफ्ले, अनिता शर्मा, अर्पणा केसी, सौरभ यादव, अनिल कुमार यादव, मानसी पण्डित, विवेक योन्जन, पवित्रा थापा, प्रदीप उप्रेती, रामप्रसाद पौडेल र विवेक विश्वकर्मा रहेका छन्।

साझा युवा संगठनले विविध क्षेत्रमा क्रियाशील एवम् फरक पृष्ठभूमिका युवाहरुलाई संगठनमा आबद्ध गराउॅदै संगठनलाई थप मजबुत तथा नेपालको युवा आन्दोलनको बलियो केन्द्र बनाउने लक्ष्य लिएको छ।

नयाँ सदस्यहरू थपिएसँगै साझा युवा संगठनको नेतृत्वमा बैकल्पिक राजनीति र नयाँ युवा अभियानलाई सशक्त बनाउने आत्मविश्वासलाई अझै दृढ भएको संगठनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad