कारोबार


आयुर्वेदिक औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्रीको जोड

आयुर्वेदिक औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्रीको जोड

नेपालखबर
असार २२, २०८३ सोमबार १८:१६, काठमाडौँ

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आयुर्वेदिक औषधिको उत्पादन बढाउनुपर्ने बताएकी छन्।

आइतबार काठमाडौँको नरदेवी आयुर्वेद अस्पताल तथा अस्पताल अन्तर्गत सञ्चालित वैद्यखानाको निरीक्षण गर्दै मन्त्री मेहताले सरकारी आयुर्वेदिक औषधिको उत्पादन बढाउन, स्वदेशी जडीबुटीको उपयोग विस्तार गर्न र आयातमा निर्भरता घटाउनुपर्नेमा जोड दिएकी हुन्।

निरीक्षणका क्रममा मन्त्री मेहताले अस्पतालबाट प्रदान हुँदै आएको आयुर्वेद उपचार, योग तथा प्राकृतिक चिकित्सा सेवा, औषधि उत्पादन, भण्डारण, प्रयोगशाला, जनशक्ति व्यवस्थापन तथा सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएकी थिइन्। 

नागरिकले गुणस्तरीय, सहज र भरपर्दो आयुर्वेद सेवा पाउने वातावरण सुनिश्चित गर्न सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन उनले सम्बन्धित अधिकारीसँग आग्रह गरेकी छन्।

सरकारी वैद्यखानाले नेपालमै उपलब्ध जडीबुटीको वैज्ञानिक उपयोग गरी आफ्नै आयुर्वेदिक औषधिको उत्पादन विस्तार गर्नुपर्ने उल्लेख गर्दै मन्त्री मेहताले उत्पादन क्षमता वृद्धि गरी सरकारी स्वास्थ्य संस्थामा आवश्यक औषधिको नियमित आपूर्ति सुनिश्चित गर्नुपर्ने बताइन्।

उनले नेपालमा प्रशस्त मात्रामा पाइने जडीबुटीको वैज्ञानिक उपयोग,प्रशोधन र उत्पादनमार्फत स्वदेशी आयुर्वेद औषधिलाई प्रवर्द्धन गर्न सकिने उल्लेख गर्दै त्यसका लागि मन्त्रालय आवश्यक नीतिगत तथा संस्थागत सहयोग गर्न प्रतिबद्धता जाहेर गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad