राजनीति


राष्ट्रियताको सवालमा एक इन्च तलमाथि हुँदैनौं: आरेन राई

राष्ट्रियताको सवालमा एक इन्च तलमाथि हुँदैनौं: आरेन राई

नेपालखबर
असार २२, २०८३ सोमबार १३:७, काठमाडौँ

श्रम संस्कृति पार्टीका प्रमुख सेचतक आर्यन राईले प्रधानमन्त्री वालेन्द्र शाहको ‘देशविरोधी अभिव्यक्ति’ हटाउन पाँच वर्षसम्मै माग गरिरहने बताएका छन्। 

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राईले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति राष्ट्रघाती भएको आरोप लगाउँदै संसदको रेकर्डबाट हटाउन माग गरे। उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति हटाउन कहिलेसम्म आवाज उठाइराख्नुपर्ने हो भन्दै सभामुखल डोलप्रसाद अर्याललाई प्रश्न गरे। 

‘सभामुख महोदय, प्रतिनिधि सभा नियमावली २०८३ को नियम ५६ लाई हामीले कार्यान्वयन गर्ने कि नगर्ने यो प्रश्न सोध्न चाहन्छु,’ उनले भने, ‘अर्को हामीले कहिलेसम्म प्रधानमन्त्री ज्यूले दिनुभएको राष्ट्रघाती अभिव्यक्तिको विषयमा यो सदनमा फरक मत राखिराख्नु पर्ने हो, म त्यो सोध्न चाहन्छु। के एक वर्ष, दुई वर्ष, पाँच वर्ष? हामी तयार छौँ।’

राष्ट्रियताको सवालमा एक इन्च तलमाथि नहुने उनको भनाइ थियो। ‘राष्ट्रियताको सवालमा एक इन्च तलमाथि हामी सर्दैनौँ, सभामुख महोदय। त्यसैले प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति उहाँले करेक्शन गर्नुपर्छ यस सम्मानित सदनको रोस्टममा आएर,’ उनले भने। 

उनले एमबीबीएस र बीडीएस पढ्ने विद्यार्थीको समस्या तत्काल समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad