इरानका पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीको शवयात्रा सोमबार बिहान राजधानी तेहरानमा सुरु गरिएको छ। शवयात्रामा ठुलो संख्यामा मानिस सहभागी भएका छन्।
खामेनीको शव ग्रान्ड मोसल्लाबाट तेहरान ल्याइएको थियो। शवयात्रा १० किलोमिटरसम्म गरिनेछ। जसका लागि १० देखि १२ घण्टा लाग्ने अनुमान छ।
शवयात्रापछि खामेनीको शवलाई थप धार्मिक अनुष्ठानका लागि कोम लगिनेछ। सम्पूर्ण मार्गमा कडा सुरक्षा व्यवस्था गरिएको छ। शवयात्रामा ठुलो संख्यामा सरकारी अधिकारी, धार्मिक नेता र वरिष्ठ सैन्य अधिकारी पनि सहभागी भइरहेका छन्।
खामेनी गत फेब्रुअरी २८ मा अमेरिका-इजरायलको संयुक्त हवाई आक्रमणमा परिवारसहित मारिएका थिए।
शवयात्राको भिडिओ
— خبرگزاری تسنیم (@Tasnimnews_Fa) July 6, 2026📹 انبوه جمعیت اطراف خودروی پیکر رهبر شهید انقلاب را فرا گرفته است #انتقام_خون_رهبر_شهید pic.twitter.com/5c0Y6iYsS9
Shares

प्रतिक्रिया