राजनीति


बालेनले भने, ‘भिजिट चितवन, न्यानो ठाउँ’

बालेनले भने,  ‘भिजिट चितवन, न्यानो ठाउँ’

नेपालखबर
असार १०, २०८३ बुधबार ११:११, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन चितवन पुगेका प्रधानमन्त्री बालेन्द्र शाह तीन दिनदेखि लटौली सेञ्चुरी रिसोर्टमा छन्। उनले बुधबार बिहान श्रीमती सविना र छोरीसहितको फोटो फेसबुकमा पोष्ट गर्दै भनेका छन्– ‘भिजिट चितवन, न्यानो ठाउँ’

प्रधानमन्त्रीले ‘न्यानो’ भनेको चितवनमा आज २६ देखि ३६ डिग्रीसम्मको तापक्रम रहने मौसम भविष्यवाणि गर्ने एप एक्युवेदर र गुगगल वेदरले 
जनाएका छन्।

रास्वपा सभापति रवि लामिछाने र बालेनको परिवार लटौली रिसोर्टमा बस्दै आएको छ। अनलाइन बुकिङ ट्राभल एजेन्सीहरुका अनुसार डिलक्स कोठामा २ रात २ जना वयष्क र एक जना बच्चा बसेको मूल्य २४ हजार १५० रुपैयाँ पर्छ। लटौली रिसोर्ट धेरै महँगो नभए चितवनको मापदण्डमा राम्रो रिसोर्ट हो। 

यो रिसोर्ट रास्वपाको महाधिवेशनस्थलभन्दा करिब १५ किलोमिटर टाढा छ। बालेन बाहेक, रवि र गृहमन्त्री सुदन गुरुङ पनि बसेका छन्। उनीहरूले ३ वटा भीभीआईपी रुम प्रयोग गरिरहेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad