राजनीति


रास्वपा महाधिवेशनः मनोनयन दर्ता सुरु, रवि र बालेन पुगे निर्वाचन आयोगको हल

रास्वपा महाधिवेशनः मनोनयन दर्ता सुरु, रवि र बालेन पुगे निर्वाचन आयोगको हल

नेपालखबर
असार ९, २०८३ मंगलबार १९:४०, काठमाडौँ

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा केन्द्रीय सदस्यको मनोनयन फाराम वितरण सुरु भएको छ। उम्मेदवारी दर्ताका लागि सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचन आयोग रहेको हलमा पुगेका छन्।

लामिछानेले सभापतिमा र बालेनले वरिष्ठ नेतामा मनोनयन दर्ता गराउने नेता कबिन्द्र बुर्लाकोटीले जानकारी दिए।

रास्वपाको विधानअनुसार सभापति र वरिष्ठ नेताको लागि केन्द्रीय सदस्य निर्वाचित हुन पर्दैन। बाँकी ९९ जना भने केन्द्रीय सदस्य निर्वाचित हुनुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad