राजनीति


विष्णु पौडेलको घरबाट चेक र ल्यापटप बरामद

विष्णु पौडेलको घरबाट चेक र ल्यापटप बरामद

नेपालखबर
असार ९, २०८३ मंगलबार १८:४१, काठमाडौँ

नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको घरबाट सम्पत्ति शुद्धीकरण विभागले बैंकका चेक र ल्यापटप बरामद गरेको छ।

सोमबार अपरान्ह ललितपुरको भैँसेपाटीस्थित निवासमा छापा मार्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोली पुगेको थियो। 

टोलीले विष्णु पौडेलका नाममा रहेका विभिन्न बैंकका चेक, ल्यापटप लगायत उपकरण नियन्त्रणमा लिएको उनका कानुन व्यवसायीले बताएका छन्।

विशेष अदालतमा उनीहरूले पौडेलका घरबाट प्रमाणहरु बरामद गरिसकेकाले अब थुनामा राख्न आवश्यक नरहेको जिकिर गरेका हुन्।

पौडेललाई सुर्खेतबाट प्रहरीले पक्राउ गर्नु पहिले नै विभागको टोली उनको घरमा छापा मार्न पुगिसकेको थियो।

पौडेललाई सुर्खेतबाट गाडीमा काठमाडौँ ल्याइएको छ। मंगलबार दिउँसो विशेष अदालतमा म्याद थपका लागि उपस्थित गराइएको छ।

यसअघि दीपक भट्टसहित ३९ जनालाई सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर गर्दा अन्य व्यक्तिको संलग्नता बारे थप अनुसन्धान जारी रहेको भनिएको थियो।

‘दीपक भट्टको हित नियन्त्रणमा रहेको कम्पनी  इनफिनिटी होल्डिङ प्रालिको १०० प्रतिशत लगानी रहेको हिमालयन एसेष्ट म्यानेजमेन्ट प्रालिले गरेको सम्बन्धमा वास्तविक स्वामित्वकर्ता र त्यसको अन्य व्यक्तिको संलग्नता सम्बन्धमा थप अनुसन्धान जारी राख्ने’, भन्ने समेत विषयलाई आधार बनाउँदै पौडेललाई पक्राउ गरिएको उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad