राजनीति


सरकारले चालेका कदम विधिसम्मत र संविधान बाहिर नहोस्: वर्षमान पुन

सरकारले चालेका कदम विधिसम्मत र संविधान बाहिर नहोस्: वर्षमान पुन

नेपालखबर
असार ७, २०८३ आइतबार १७:१४, काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले थिति बसाउन चालिएका कुनै पनि कदमहरू विधिसम्मत र संविधानभन्दा बाहिर नहोस् भन्नेकुरामा पर्याप्त ध्यान दिन सरकार र रास्वपालाई आग्रह गरेका छन्।

चितवनको भरतपुरस्थित गेष्ट हाउस चौरमा आयोजित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले उक्त कुरा बताएका हुन्। 

उनले भने, ‘थिति बसाउने चालिएको कदमहरुमा विधिसम्म र संविधान भन्दा बाहिर नहोस भन्नेकुरामा तपाईको पर्याप्त ध्यान पुग्नेछ भन्ने हाम्रो विश्वास रहेको छ।’ 

नेता पुनले भ्रष्टाचारका अन्त्य र सुशासनको एजेण्डामा रास्वपा र आफनो पार्टीको धारणा समान रहेको उल्लेख गर्दै उक्त विषयमा सधैं साथ दिने प्रतिवद्धता पनि व्यक्त गरे। 

उनले विगतमा आफूहरूले पनि सुशासनको एजेण्डालाई गतिलोसँग अघि बढाएको दाबी पनि गरे।

उनले भने,‘सुशासनको एजेण्डामा हामीबीच समानता छ। हामीले विगतमा सरकार रहँदा र बाहिर रहँदा पनि सुशासनको एजेण्डामा सहकार्य गरेका थियौँ। सुशासनको एजेण्डामा नेकपा र रास्वपाको जतिको निकट सहकार्य सायद अरुको बीचमा भएको छैन। ’

नेता पुनले सुशासन, पारदर्शीता र थिति बसाउने अभियानमा रास्वपालाई पूर्ण समर्थन गर्ने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad