राजनीति


रवि लामिछानेको प्रशंसा गर्दै गगन थापाले दिए रास्वपालाई शुभकामना

रवि लामिछानेको प्रशंसा गर्दै गगन थापाले दिए रास्वपालाई शुभकामना

नेपालखबर
असार ७, २०८३ आइतबार ८:३३, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी सभापति रवि लामिछानेको प्रशंसा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई शुभकामना दिएका छन्। 

आइतबार बिहान सामाजिक सञ्जालमा उनले रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा सभापति रवि लामिछाने र सिंगो रास्वपा परिवारलाई शुभकामना दिएका हुन्। 

सत्तारुढ रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्‍घाटन आज चितवनको भरतपुरमा हुँदैछ। महाधिवेशन असार ९ गतेसम्म चल्ने तालिका छ।

‘प्रिय रवि लामिछानेजी, राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा तपाईं र सम्पूर्ण रास्वपा परिवारलाई हार्दिक शुभकामना,’ सभापति थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको छ। तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ।’

थापाले यो महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर भएको पनि बताएका छन्। 

‘यो महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्न तथा संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्नेछ भन्ने अपेक्षा लिएको छु,’ थापाले भनेका छन्, ‘तपाईंको आगामी राजनीतिक यात्रा तथा रास्वपाको प्रथम महाधिवेशनको पूर्ण सफलताको कामना गर्दछु।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad