कारोबार


धितोपत्र बोर्डको अध्यक्षमा गोपाल भट्ट नियुक्त

धितोपत्र बोर्डको अध्यक्षमा गोपाल भट्ट नियुक्त

नेपालखबर
असार ५, २०८३ शुक्रबार १८:०, काठमाडौँ

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्टलाई नियुक्त गरेको छ। 

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. भट्टलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक समेत रहेका भट्ट कैलालीका बासिन्दा हुन्। 

डा. भट्टले स्कट मार्केटमा विद्यावारिधि गरेका छन्। उनले नेपाल सरकारको रुग्ण उद्योग पुनर्स्थापना समितिको सदस्य भएर पनि काम गरिसकेका छन्। 

बोर्ड अध्यक्ष नियुक्तिका लागि नाम सिफारिश गर्न धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ३ अनुसार समिति गठन गरिएको थियो। समितिले गत वैशाख १५ मा इच्छुक व्यक्तिको विवरण माग गरेको थियो। तोकिएको म्यादभित्र ४७ जनाले आवेदन दिएका थिए। 

तीमध्येबाट सिफारिस समितिले भट्टसहित डा. नवराज अधिकारी, विनयदेव आचार्य तथा मुकुन्द कुमार क्षेत्रीको नाम संक्षिप्त सूचीमा राखेको थियो। यीमध्येबाट मन्त्रिपरिषद्‍मा ३ जनाको नाम गएको थियो। जसबाट भट्टलाई सरकारले अध्यक्ष नियुक्त गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad